वर्षा

चैत्रमाशको खडेरिले पानी  सबै बाफ भयो
तीम्रो मेरो सम्बन्धनी आज तेस्तै  हुन गयो
बाफका झोककहरु हरेक  दिन माथि जादा
कस्तो पीडा भयो होला मेरी बर्षा टाढा हुँदा

म चाहान्छु हे बादल वर्षा बनी झरीदेउ
मनका सारा बेदनालाइ तीमी सफा गरीदेउ
थाहा छैन हामीमाझमा कुन्नी के के खट्पट भयो
आज कीन बादल वर्षा टाढा टाढा हुन गयो

हरेक दीन सपनीमा वर्षा भनी कराउछु
बीपनी जब हुन्छ भित्रभित्र डराउछु
आउ वर्षा बादलको घुम्टो छोपी आउ
मन मनै चाहान्छु बाद्ल वर्षा रम्न पाउ

बादलको कुना काप्चा खुसीले भरीदेउ
आउ मेरी प्यारी वर्षा  मन शान्त गरीदेउ
झरी पछी भैदीने सुन्दर द्रीस्य भयी देउ
आउमेरी प्यरी वर्षा मन भीत्रै रमीदेउ

Comments

Popular posts from this blog

SAd Moment

काली

नारी