अपरीचीत

             
अपरीचीत आत्मीय हुने समय आउने छ
परीचीत नै पनि मीत्र भनी भेट्न धाउने छ
समयले कुनै दिन परीबर्तन अवस्य गर्ला
नामसम्जी ती कोमल आँखामापनि आँसु झर्ला
बस कुर्दै छु म ती समय को पलहरु
भुलेर सारा समयले गरेका छ्लहरु
कुनै दिन मेरो आभाव खडा हुने छ
मन अनि मस्तिष्क झन कडा हुने छ
सम्जने छौ बीतेका समय को पलहरु
मेरो नाममा जीस्कायर गरेका छ्लहरु
अनि उमंग ले भरीने छ मनको हरेक कुनाहरु
जसरी मौलाउछ्न वसन्त मा बिरुवा को मुनाहरु

Comments

Popular posts from this blog

SAd Moment

काली

नारी